शिखर इन्स्योरेन्स धादिङ शाखाद्धारा बीमा सचेतना कार्यक्रम सम्पन्न

धादिङ,०२ भाद्र ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङले धादिङबेशीमा बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीको धादिङ शाखाले बालि तथा पशुपन्छी बिमा, निर्जिवन बीमा एवं व्यवसायीक बीमा सम्बन्धी जानकारी दिने उद्धेश्यले आईतबार बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धादिङका प्रमुख संदिप सिलवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, शिखर इन्स्योरेन्सका उद्धित प्रसाद काफ्ले, राष्ट्रिय बाणिज्य बैंक धादिङका प्रबन्धक दिपक न्यौपाउनेको बिशेष आतिथ्य रहेको कार्यक्रममा सिद्धलेक र ज्वालामुखीका बिभिन्न वडाका वडाअध्क्ष्यहरु, समाजसेवी, बुद्धिजिवी, कृषकहरु लगाएतको सहभागिता रहेको थियो ।

कर्यक्रममा शिखर इन्स्योरेन्सका उद्धित प्रसाद काफ्लेले बालि तथा पशुपन्छी बीमाको इतिहास, बीमालेख, दावी प्रक्रिया, बीमाका प्रकार, बीमाले रक्षावरण गर्ने क्षेत्रहरुका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले कृषहहरुलाई बीमाका बारेमा जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले वडावडामा गएर यस्ता बिमा सचेतना कार्यक्रम सञ्चलन गर्न इन्स्योरेन्स कम्पनीलाई आग्रह गर्नुभयो ।

पछिल्लो समय बिमा कम्पनी पशु बिमाका योजना लिएर गाउँगाउँमा पुग्न थालेका छन् । पशुको बिमा गर्दा बिमा कम्पनीलाई त्यसवापत लाग्ने शुल्कको ८० प्रतिशत रकम सरकारले दिन थालेपछि कम्पनीको सक्रियता बढ्न थालेको छ । किसान पनि पशु बिमाप्रति आकर्षित हुन थालेका छन् । यस्तै बाली बिमाप्रति पनि कृषकको चासो बढेको छ । सचेतना कार्यक्रममा सहभागि कृषकहरूले बाली बिमालाई प्रभावकारी र व्यवस्थित बनाउन आग्रह गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्