सिद्धलेक क्रिकेट विकास समितिको अध्यक्षमा राम्जी गिरी चयन

धादिङ, ०२ असोज।
धादिङको सिद्धलेक गाउँपालिकामा क्रिकेट विकास समिति, धादिङको तदर्थ समिति गठन गएिको छ ।

आईतबार एक कार्यक्रमका बिच क्रिकेट संघ धादिङका उपाध्यक्ष नारायण सिलवालको प्रमुख आतिथ्यतामा तदर्थ समिति गठन गरिएको हो । राम्जी गिरीको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा राजुमान माझी, सचिवमा सुजन गिरी, कोषाध्यक्षमा सानिया गिरी र सदस्यहरुमा आरम्भ तिमिल्सीना र नवराज नेपाल रहेका छन् । एकजना सदस्य कार्यसमितिले मनोनित गर्ने बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्