धादिङका ३ जनामा कोरोना संक्रमण पुष्टि

धादिङ,०३ असोज ।
धादिङमा आज तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार जिल्लामा गरिएको ४ एण्टिजेन परिक्षणमा ज्वालामुखी गाउँपालिकाका ३ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यस्तै संक्रमित मध्ये थप ३ जना डिस्चार्ज भएका छन् । जिल्लामा सक्रिय संक्रमित २० पुगेको छ र संक्रमित सबै होम आइसोलेसनमा छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्