बैदेशिक रोजगारीका लागि स्वीकृती लिने बढ्दै, साउनको तुलनामा भदौमा २१ प्रतिशतले बढी

काठमाडौँ,०३ असोज ।
वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको भदौमा मात्रै ७६ हजार ४०३ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । गएको साउनमा ६३ हजार ३९ जनाले श्रम स्वीकृति लिएका थिए ।

साउनको तुलनामा भदौमा श्रम स्वीकृति लिनेको सङ्ख्या २१ प्रतिशतले बढेको छ । विभागका अनुसार श्रम स्वीकृति लिएकाहरूमध्ये ६८ हजार ८८४ जना पुरुष र ७ हजार ५१९ जना महिला छन् । विषेश गरि खाडी तथा युरोपेली मुलुकमा जानका लागि श्रम स्वीकृति लिएका छन् । तीमध्ये सबैभन्दा धेरै ३५ हजार ३७२ जनाले मलेसियामा जानको लागि श्रम स्वीकृति लिएका छन् ।

त्यसैगरी, ११ हजार ७७५ जनाले कतारको लागि, ८ हजार ३६५ यूएईका लागि श्रम स्वीकृति लिएको विभागले जानकारी दिएको छ । यस्तै, श्रम स्वीकृति लिएकामध्ये उच्च दक्ष कामदारको सङ्ख्या १३, पेशागत कामदारको सङ्ख्या १४६, अर्धदक्ष कामदारको सङ्ख्या ५ हजार ९२ शीप भएका कामदारको सङ्ख्या ४६ हजार ६९ र शीप नभएका कामदारहरूको सङ्ख्या २५ हजार ८३ छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्