देशभर ९१ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १ हजार ७४०

धादिङ,०३ असोज ।
देशभर पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ९२४ को नमूना परीक्षण गरिएको थियो । २ हजार ४८८ ले पिसिआर र १ हजार ४३६ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यही अवधिमा १६५ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८५ हजार ५६० पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७४० रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १६ पुगेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्