निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्तिको सिफारिस

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि न्याय परिषद्ले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्तिको सिफारिस गरेको छ । नियुक्तिका लागि परिषद्ले सरकारलाई परामर्श दिएको छ । अब परिषद्को सिफारिसअनुसार नियुक्तिको निर्णय हुनेछ।

परिषद्को निर्णयअनुसार ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा खटाउन सिफारिस गरिएको छ । एकभन्दा बढी न्यायाधीश रहेको जिल्लाको हकमा मुख्य न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा सिफारिस गर्ने प्रचलन छ ।

जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीलाई निर्वाचन अधिकृत खटाउने व्यवस्था छ । यस्तै परिषद्ले १७ जना जिल्ला न्यायाधीशलाई जगेडामा सिफारिस गरेको छ । यस्तै परिषद्ले न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८८ कर्मचारीलाई निर्वाचन अधिकृतमा सिफारिस गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्