बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङका मनोज कुमाल पक्राउ

धादिङ,०४ असोज ।
बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङका मनोज कुमाल पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाल पक्राउ परेका हुन् ।

गएराति एक जना पुरुषले एटिएम फुटाइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटिएम फुटाउँदै गरेको अवस्थामा १ थान खुकुरी सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्