धादिङ सहित देशका विभिन्न स्थानमा चट्याङ लागेर तीनको मृत्यु

धादिङ,०४ असोज।
धादिङ सहित देशका विभिन्न स्थानमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । सोमबार साँझ धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोगिमारा बस्ने ६४ वर्षीया जितमाया सुनारको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै मकवानपुरको बकैया गाउँपालिका–११ आहाल डाँडा बस्ने ५५ वर्षीय आईत सिंह भोलन आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर सोमबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।

स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमुल बस्ने २९ वर्षीय किसान परियारको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । आफ्नै घर अगाडि बसिरहेको अवस्थामा सोमबार साँझ चट्याङ लागेर घाइते भएका उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्