एक वर्षको अवधिमा १६ हजारभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता

काठमाडौँ,०५ असोज ।
एक वर्षको अवधिमा १६ हजारभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता श्यामप्रसाद भण्डारीले ३२ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७८/०७९ मा मात्रै १६ हजार २ सय ३८ उजुरी परेको जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्ष ०७७/०७८ बाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ उजुरीसहित अख्तियारमा अहिले २४ हजार ३ सय ३१ भ्रष्टाचारसम्बन्धी उजुरी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमध्ये आयोगको केन्द्रीय कार्यालय टङ्गालमा १२ हजार ३ सय र मातहतका कार्यालयहरूमा १२ हजार ३१ उजुरी रहेका छन् ।

गत आर्थिक वर्षमा ०७८/७९ मा दर्ता उजुरीमध्ये सबभन्दा बढी २७ दशमलव ७ प्रतिशत अर्थात् ४ हजार ४ सय ९५ लिखित निवेदन, हुलाक सेवाबाट १७ प्रतिशत अर्थात् २ हजार ७ सय ६०, इमेलबाट २ हजार ७ सय ५७ अर्थात् १७ प्रतिशत उजुरी परेको आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै वेबसाइट, टेलिफोन, समाचारपत्र, मोबाइल एप, फेसबुकलगायत स्रोतबाट पनि उजुरी आएको आयोगले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्