धादिङ,०७ असोज ।
देशभर पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ६९ को नमूना परीक्षण गरिएको थियो । १ हजार ८३० ले पिसिआर र २ हजार २३९ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यही अवधिमा ८७ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८६ हजार ११९ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ३७१ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १६ पुगेको छ ।