शनिबार धादिङका एकसहित देशभर ७४ जनामा कोरोना पुष्टि

धादिङ,०८ असोज ।
धादिङको ज्वालामुखी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार गाउँपालिकामा गरिएको ५ एण्टिजेन परिक्षणमा १ जनाको कोरोना पोजिटिभ आएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लामा सक्रिय संक्रमित १२ पुगेको छ र संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी चार हजार एक सय २६ जनाको नमूना परीक्षण गर्दा ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप एक सय १६ जना स्वस्थ भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको ज्यान गएको छ । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक हजार दुई सय ८३ रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्