नेत्रावती डबजोङ–३ र ४ मा सञ्चालित खाद्यान्न पसलमा अनुगमन,चार पसललाई कारबाही

धादिङ,०९ असोज ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं.३ र ४ मा सञ्चालित खाद्यान्न÷किराना पसलमा अनुगमन गरिएको छ । जिल्ला अनुगमन टोली धादिङले शनिबार नेत्रावती डबजोङका ८ वटा किराना पसल र १ होटल गरी ९ वटा फर्महरूको अनुगमन गर्दा उपभोक्ता हित विपरीत गर्ने ४ वटा फर्महरुलाई नगद जरिवाना सहित कारबाही गरेको छ ।

टोलिले नेत्रावती डबजोङ गा.पा.–४, भर्याङभुरूङरूङको जे.पि.श्रेष्ठ इन्टरप्राइजेजलाई १० हजार, श्रेष्ठ स्टोर्सलाई ५ हजार, नेत्रावती डबजोङ गा.पा.–४, सेमजोङको सामरी सप्लायर्सलाई ५ हजार र नेत्रावती डबजोङ गा.पा.–३, सेमजोङको प्रेमिका किराना स्टोर्सलाई ५ हजार जरिवाना तिराइएको घरेलु कार्यालय धादिङले जनाएको छ ।

टोलीले अनुगमनको क्रममा १० हजार २ सय रुपैयाँ बराबरको म्याद गुज्रेका/सडेगलेका प्रयोग गर्न अयोग्य सामाग्रीहरु नष्ट गरेको छ । कारबाहीमा परेका फर्महरुले निर्धारित मुल्यभन्दा बढी रकम लिएको, म्याद गुज्रेका सामाग्री बिक्री गरेको, र दर्ता नगरी सञ्चालनमा गरेको पाइएको जरिवाना तिराईएको घरेलु कार्यालय धादिङले जनाएको छ ।

जिल्लाका बिभिन्न स्थानमा अखाध्य बस्तुको बिक्री भएको, तोकिएको मुल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको भन्ने सुचनाको आधारमा प्रशासन, घरेलु लगाएतका सम्बन्धित निकायहरुले बजार अनुगमनलाई तीब्रता दिएको छ। जिल्ला अनुगमन टोलीले उपभोक्तालाई सचेत बन्न र गुनासो गर्ने बानी बसाल्न आग्रह समेत गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्