भैरवी माध्यमिक विद्यालयमा ५४ जनाद्धारा रक्तदान

धादिङ,०९ असोज ।
नीलकण्ठ नगरपालिका–६ सुनौलाबजारमा रहेको श्री भैरवी माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

आईतबार युवा रेडक्रस सर्कल श्री भैरवी माध्यमिक विद्यालयको आयोजना,नेपाल रेडक्रस सोसाइटी सुनौलाबजार उपशाखा धादिङको सहकार्य र श्री भैरवी माध्यमिक विद्यालयको समन्वयमा विजय दशमी, दिपावली, नेपाल संवत र छठ पर्वको शुभकामना आदान प्रदान तथा ११ कक्षाको स्वागत तथा १२ कक्षाको बिदाई कार्यक्रमको अवसरमा भएको रक्तदान कार्यक्रममा २७ महिला र २७ पुरुष गरी ५४ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले बताउनुभयो ।

जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्