नेपालमा कोरोना सङ्क्रमित घट्दै, आज ५३ जनामा सङ्क्रमण पुष्टि

धादिङ,१० असोज ।
देशभर पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ६२४ को नमूना परीक्षण गरिएको थियो ८२५ ले पिसिआर र १ हजार ७९९ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यही अवधिमा ८४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८६ हजार ४१९ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १७८ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १७ पुगेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्