धुनिबेशी–३ धोविखोलामा बसको ठक्करबाट एक बालकको मृत्यु

धादिङ,११ असोज।
धादिङको धुनिबेशी नगरपालिका–३ धोविखोलामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

जिवनपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख १६ ६१ नम्बरको बसले आज बिहान करिब ११ बजे ठक्कर दिदा स्थानीय लक्ष्मण पौडेलका २१ महिने छोरा ललित पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते बालकको उपचारको क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो । बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्