वीरगञ्जमा थप १६ संक्रमितको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६ जनाको मृत्यु भएके रिपोर्ट प्राप्त भएको छ ।

नारायणी अस्पतालमा १० जना, वीरगञ्ज हेल्थकेयर हस्पिटलमा २ जना, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटल, नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पताल र होम आइसोलेसनमा १/१ जनाको मृत्यु भएको हो । मृतक मध्ये पर्साका ६, बाराका ७, रौतहट र सर्लाहीका १/१ जना र एकजना भारतीय नागरिक पनि छन् ।
नारायणी अस्पतालमा मात्रै १० जनाको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।सर्लाहीको बरहथवा नगरपालिका –५ की ४७ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको छ । वैशाख २१ अस्पतालमा भर्ना भएकी उनको सोही दिन गरिएको एन्टिजीन परीक्षण पोजेटिभ आएको थियो । उपचारको क्रममा आइतबार बिहान साढे ५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्