रुपन्देहीमा कोरोना संक्रमण र मृत्यु दर घट्दै

बुटवल । कोरोना संक्रमणको ‘हटस्पट’ बनेको रुपन्देहीमा संक्रमण र मृत्यु दर घट्न थालेको छ । पछिल्ला तीन दिनमा संक्रमित थपिने र मृत्यु हुने दुवै संख्या निरन्तर घट्दो छ ।

वैशाख ३१ मा ५१४ जना संक्रमित थपिंदा ९ जनाको मृत्यु भएको थियो । शनिबार ४८६ जना संक्रमित थपिंदा ९ जनाकै मृत्यु भएको थियो । जुन संक्रमण दर क्रमशः ३३ र ३२ प्रतिशत तथा मृत्यु दर समान २ प्रतिशत थियो । तर आइतबारसम्म आइपुग्दा मृत्यु दर आधा घटेर १ प्रतिशतमा झरेको छ भने संक्रमण दर ३१ प्रतिशत छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६०८ जनाको पीसीआर परीक्षण गर्दा ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्