जनता समाजवादी पार्टीले भन्यो : नेतृत्व पाए सरकारमा जान्छौं

काठमाडौं। जनता समाजवादी पार्टीले राष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने बताएको छ ।

अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकालेर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्ने बताएका हुन् ।यो बाहेकको अवस्थामा सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने दुई नेताले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्