युरोकपका लागि क्रोएसियन टोलीको घोषणा

काठमाडौं, ४ जेठ । अर्को महिनादेखि सुरु हुने युरोकप फुटबलका लागि क्रोएसियाको टिम घोषणा भएको छ । मुख्य प्रशिक्षक ज्लाट्को डालिचले सोमबार २६ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।कोरोना महामारीका कारण यस पटक युरोमा सहभागी टोलीले टिममा २६ जना खेलाडी राख्‍न पाउने यसअघि नै युइएफएले निर्णय गरिसकेको छ । त्यसैअनुसार क्रोएसियाले २६ जनाको टोली घोषणा गरेको हो ।

समूह डी मा रहेको क्रोएसियाले चेक रिपब्लिक, इंग्ल्याण्ड र स्कटल्याण्डसँग खेल्नेछ । टिममा ३ गोलकिपर, ९ डिफेण्डर, ७ मिडफिल्डर र ७ फरवार्ड छन् । क्रोएसियाले ८ जना स्ट्यानबाई समेत घोषणा गरिएको छ ।

मिनी विश्वकपको रुपमा परिचित युरोकपको १६औं संस्करण युरोपको विभिन्न देशका ११ शहरमा हुँदैछन् । प्रतियोगिताको ६०औं वर्षगाँठको अवसरमा यसपटक धेरै देशमा युरो हुन लागेको छ ।

युरोकप आगामी जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

२६ सदस्यीय टोली

गोलकिपर : लोभरे कालिनिक, डोमिनिक लिभाकोभिक, सिमोन स्लुगा

डिफेण्डर : डोमागोज भिदा, डेजान लोभरेन, साम भ्रस्लाज्को, बर्ना बारिसिक, डुजे कालेटा कार, जोसिप जुरानाभिक, डोमागोज बराडारिक, मिले स्कोरिक, जोस्को जिभार्डिओल

मिडफिल्डर : लुका मोडरिच, माटेओ कोभासिच, मार्सेलो ब्रोजोभिक, मिलान बाडेल, मारियो पासालिक, निकोला भ्लासिक, लुका इभानुसेक

फरवार्ड : इभान पेरिसिच, आन्द्रे क्रमारिक, एन्टे रेबिक, जोसिप ब्रेकालो, ब्रनो पेटकोभिक, मिस्लाभ ओरिसिक, एन्टे बुडिमिर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्