लेस्टरलाई हराएपछि चेल्सीको शीर्ष चारमा रहने सम्भावना बलियो

काठमाडौं । प्रिमियर लिगमा चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ । यस जितपछि चेल्सी लेस्टरलाई नै पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ र शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ ।

घरेलु मैदानमा चेल्सीका लागि एन्टोनिओ रुडिगरले ४७औं र जर्जिन्होले ६६औं मिनेटमा पेनाल्टीमा गोल गरे । लेस्टरका लागि केलेची इहनाचोले ७६औं मिनेटमा एक गोल फर्काए । यस जितपछि चेल्सी लेस्टरसँग एफए कपको फाइनलमा बेहोरेको हारको बदला समेत लिएको छ ।

जितपछि चेल्सी ३७ खेलबाट ६७ अंक जोड्दै तेस्रो स्थाना उक्लेको छ । समान खेलबाट ६६ अंकसहित लेस्टर चौथोमा छ । एक खेल कम खेलेको लिभरपुल ६३ अंकसहित पाँचौ स्थानमा छ । लिभरपुलले आज बर्नलीलाई पराजित गरेमा लेस्टरसँग अंक बराबरी गर्नेछ ।

चेल्सीसँगको हारले लेस्टरला२ भने दबाब बढेको छ । लेस्टरले अन्तिम खेलमा टोटनहम हट्सपरसँग खेल्न बाँकी छ । यस्तै चेल्सीले एस्टन भिल्ला र लिभरपुलले क्रिस्टल प्यालेससंग अन्तिम खेल खेल्नेछ ।

सिटी र युनाइटेड शीर्ष दुईमा रहने पक्का भएपछि शीर्ष चारमा पर्न तीन क्लब होडमा छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्