निषेधाज्ञा अवधिभर कर्जा असुली सम्बन्धि सुचना जारी गर्न नपाउने व्यवस्था गर्दै राष्ट्र बैंक

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले निषेधाज्ञा अवधिभर कर्जा सम्बन्धि सुचना जारी गर्न नपाउने नेपाल राष्ट्र बैंकले व्यवस्था मिलाउने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नितिको तेस्रो त्रैमासको समीक्षामा बैंक तथा बित्तीय संस्थाहरुले निषेधाज्ञा अवधिभर र समाप्त भएको एक महिनासम्म ऋणिको कर्जा असुली सम्बन्धि सुचना जारी गर्न नपाउने व्यवस्था मिलाउने जनाएको हो ।

यसको साथै राष्ट्र बैंकले ऋणिसँग कर्जा उठाउदा अतिरिक्त शुल्क नलिन पनि निर्देशन दिएको छ । म्याद सकिएका मुद्दति निक्षेपको नविकरण, जमानत तथा प्रतिपत्रको नविकरण र कर्जाको नविकरण सम्बन्धित ग्राहकले अनुरोध गरे अनुसार ब्यवस्था मिलाउने पनि जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्