कक्षा ८ को वार्षिक परीक्षा आन्तरिक मूल्यांकनबाटै गर्न निर्देशन

काठमाडौं महानगरपालिका शिक्षा विभागले महानगरभित्रका आधारभूत तह कक्षा ८ सम्म सञ्चालित विद्यालयलाई कक्षा ८ को परीक्षा आन्तरिक मूल्यांकनकै आधारमा सम्पन्न गर्न निर्देशन दिएको छ ।

कोरोना महामारीको दोस्रो लहरको जोखिम बढ्दै गएको र विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सम्पन्न गर्न नसक्ने अवस्था नभएकाले आन्तरिक मूल्यांकनकै आधारमा परीक्षा सम्पन्न गर्नुपर्ने विभागको निर्देशन छ ।

महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बुधबार लिखित निर्देशन जारी गर्दै सबै विद्यालयले जेठ २५ गतेभित्र कक्षा ८ को परीक्षाको मूल्यांकन सक्न निर्देशन दिएका छन्।

सरकारले असार पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्देशन दिएकाले विभागले जेठ २५ गतेभित्र कक्षा ८ लगायत सबै परीक्षा सक्न विद्यालयहरूलाई निर्देशन दिएको प्रमुख सुवेदीले बताए।

विभागले दिएको निर्देशनमा विद्यालयले परीक्षाको मूल्यांकन विधि नगरस्तरीय परीक्षा समितिले तोकेअनुसार गर्नुपर्ने उल्लेख छ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्