जेठ ९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिलाई मन्त्रिपरिषद्को सिफारिस

काठमाडौं–  मन्त्रिपरिषद्को बिहीबारको बैठकले जेठ ९ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानको लागि सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

संविधानमा जेठ १५ गते संघीय संसद्‌मा बजेट वक्तव्य पेश गर्नुपर्ने व्यवस्था छ। बजेट नियमित अधिवेशनमै पेश हुने आजै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका थिए। 

सोही प्रयोजनका लागि मन्त्रिपरिषद्ले अधिवेशन आह्वान गर्ने पनि उनले बताएका थिए। तर, बजेटअघि प्रस्तुत गरिने नीति तथा कार्यक्रम अझै अनिश्चित बनेको छ। यसअघि यतिञ्जेलसम्म नीति तथा कार्यक्रम पारित भइसकेका हुन्थे।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्