आज रौतहटमा ३ जनाको मृत्यु,२८ संक्रमित थपिए

रौतहट । रौतहटमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

जिल्ला अस्पताल गौरको पीसीआर ल्याबमा १४८ जनाको नमुना परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण देखिएको हो । गत २४ घण्टामा चारजना कोरोना संक्रमणमुक्त भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी गौरमा ११३ र चन्द्रपुरमा १०८ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाको दोस्रो लहर सुरु भएपछि हालसम्म रौतहटका ६४ जनाको मृत्यु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्