कञ्चनपुरमा निषेधाज्ञा एक साता लम्ब्याइयो

धनगढी । कञ्चनपुरमा स्थानीय प्रशासनले निषेधाज्ञा थप एक साता लम्ब्याएको छ । दोस्रो लहरको कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधी थप्नुपर्ने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसको आधारमा जेठ १५ गतेसम्म निरन्तरता दिन आदेश जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले आउँदो जेठ १५ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको आदेश जारी गरेका हुन् ।कञ्चनपुरमा स्थानीय प्रशासनले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्