धादिङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ जना(विवरण सहित)

धादिङ,०८ जेठ ।
धादिङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । संक्रमणबाट गएराती नीलकण्ठ नगरपालिका वडा नं. ९ की ८५ वर्षिया महिलाको निधन भएसँगै जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको हो । संक्रमणका कारण यसअघि शुक्रबार गंगाजमुना गाउँपालिकाका ४२ वर्षिय पुरुषको मृत्यु भएको थियो ।

धादिङको १३ स्थानीय तहमध्ये सबैभन्दा धेरै नीलकण्ठ नगरपालिकामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । धुनीबेशी नगरपालिकामा ५ जना, गजुरीका ४ जना,सिद्धलेक र गंगाजमुनाका ३/३ जना, बेनिघाट रोराङ÷त्रिपुरासुन्दरीका २/२ जना, ज्वालामुखी/नेत्रावती डवजोङ र थाक्रे गाउँपालिकाका १/१ जनाको मृत्यु भएको छ।

धादिङमा हालसम्म कोरोना संक्रमितहरु ३ हजार २३३ रहेका छन् जसमा २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् । जिल्ला भित्र ७२६ सक्रिय केश र जिल्ला बाहिर १३३ सक्रिय केश गरेर धादिङ्गको सक्रिय केश ८५९ रहेको स्वास्थ्य कार्यालय धादिङको विवरणमा उल्लेख गरिएको छ ।

जिल्ला भित्र अस्पताल आइसोलेसनमा १५, संस्थागत आसोलेसन अन्तरगत धुनिबेशीमा १, गल्छीमा ७, गजुरीमा ९, बेनिघाटमा ८, त्रिपुरासुन्दरीमा ३, रुबिभ्यालिमा २ जना र होम आइसोलेसन मा ६८१ रहेका छन् ।  त्यस्तै जिल्ला बाहिर अस्पताल आइसोलेसनमा १४ र होम आइसोलेसनमा ११९ छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्