स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन अनलाइनबाट भर्न त्रिविकाे आग्रह

काठमाडौं- वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फर्म भर्न त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले आग्रह गरेकाे छ। 

परीक्षा नियन्त्रण कार्यालयले आइतबार एक सुचना निकाल्दै अनलाइनबाट फर्म भर्न आग्रह गरेकाे हाे। त्रिविका अनुसार परीक्षा आवेदन फर्म काेराेना महामारीकाे कारण स्थगित गरिएको थियाे।

‘२०७८ साल जेठ १० देखि जेठ २० सम्म क्याम्पसमा संकलन भएका आवेदन फर्महरु सम्बन्धित क्याम्पसबाट भराउने र आवेदन फाराम छुट भएका विद्यार्थीहरुको आवेदन जेठ १२ गतेबाट २० गतेसम्म अनलाइनबाट परीक्षार्थी स्वयंले भर्न सक्नेछन्,’ विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्