वीरगञ्ज । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सामा जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्बिएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बुधबार आदेश जारी गर्दै कोरोना संक्रमण अझै नियन्त्रणमा आइनसकेकाले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने जनाएका छन् ।
यसअघि बुधबार नै बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा कायम राख्ने निर्णय गरेको थियो । पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा छ ।