प्रदेश १ प्रमुखलाई प्रतिपक्षी दलले भने- मुख्यमन्त्रीले काम गरेनन्

विराटनगर । प्रदेश १ का प्रतिपक्षी दलका नेताहरुले प्रदेश सरकारले काम गर्न नसकेको प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग गुनासो गरेका छन् । आइतबार बिहान प्रदेश प्रमुखको निवास पुगेका नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताले सरकारले काम गर्न नसकेको गुनासो गरेका हुन् ।

प्रदेशसभा छलेर हिंडिरहेको सरकारले महामारीमा जनतालाई अनुभूति हुने गरी काम नगरेको, कोरोना संक्रमितको उपचार निःशुल्क गराउन नसकेको र कोरोनाविरुद्धको खोपमा राजनीति गरेको उनीहरुको भनाइ छ ।

सरकारलाई पटक–पटक आग्रह गर्दा अटेर गरेपछि प्रदेश प्रमुखसमक्ष सरकारको कार्यशैलीका बारेमा जानकारी गराइएको नेपाली काङ्ग्रेस प्रदेश १ प्रमुख सचेतक केदार कार्कीले बताए । ‘सरकारले काम गर्न सकेन, संसद छलेर बजेट ल्याउन खोज्दैछ,’ उनले भने, ‘मुख्यमन्त्रीलाई सम्झाइदिनुहोस् भन्ने आग्रह गर्‍यौं ।’

महामारीमा जनता छटपटाइरहँदा सरकारले कोरोनाविरुद्धको खोप पहुँचका आधारमा आफ्नालाई मात्रै दिएको भन्दै उनले अस्पतालमा अक्सिजन अभाव हुँदा सरकार मुकदर्शक बनेको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्