लुम्बिनीमा पनि एमालेलाई झड्का, उपनिर्वाचनमा काँग्रेसका पाण्डेय विजयी

लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् ।

जम्मा २९६ मत खसेकामा पाण्डेयले प्रदेश सभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ मत प्राप्त गरेका छन् भने खड्काले प्रदेश सभातर्फ ४० र स्थानीय तहतर्फ ९४  मत प्राप्त गरेका छन् । प्रदेशतर्फ १ र स्थानीय तर्फ पनि १ मत बदर भएको छ । 

​जसअनुसार पाण्डेयले ४,१४० मतभार प्राप्त गरे भने खड्काले ३६१२ मतभार प्राप्त गरे । निर्वाचनमा प्रदेशसभाका ८३ सदस्य र स्थानीय तहका २१७ जनप्रतिनिधि मतदाता भएपनि २९६ मत खसेको हो  । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुन्छ । विजयी पाण्डेयलाई माओवादी, जनमोर्चा र जसपाको समेत समर्थन रहेको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्