धादिङमा आज १६८ संक्रमित थपिए:१२१ जना संक्रमण मुक्त

धादिङ,१९ ज्येष्ठ ।
धादिङका थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको निलकण्ठका  ७,धुनीबेशीका २०, गल्छीका ६, गजुरीका ८,बेनिघाटका  २,ज्वालामुखीका ५, त्रिपुरासुन्दरीका ३० जना, गंगाजमुनाका ४१, थाक्रेका १९ , सिद्धलेकका ४,नेत्रावतीका २, रुवीभ्यालीका २० जना र पालिका नखुलेका ४ जना गरि आज जिल्लाका १६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

आज जिल्ला भित्र १३२ र जिल्ला बाहिर ३६ पोजिटिभ केश रहेको छ । १६८ जना मध्ये १०७ जना पीसिआर परिक्षणमा संक्रमण पुष्टि भएको हो भने ६१ जनाको एन्टिजिन किट परिक्षणमा पोजिटिभ देखिएको हो । यससँगै जिल्लामा सक्रिय केश १ हजार ६१३ पुगेको छ । संक्रमित मध्ये १४ सय ८३ जना जिल्ला भित्र र १३० जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ४ हजार ५११ पुगेको छ । 

जिल्ला भित्र अस्पताल आइसोलेसनमा २१, संस्थागत आइसोलेसनमा  २६ र होम आइसोलेसनमा १४ सय ३६ जना रहेका छन्।  त्यसै गरि जिल्ला बाहिर अस्पताल  आइसोलेसनमा २८ र होम आइसोलेसनमा १०२ जना रहेका छन। यस्तै आज धादिङका थप १२१ जना संक्रमित निको भएसँगै जिल्लामा संक्रमणमुक्त हुनेको सङ्ख्या ३ हजार ११० पुगेको छ ।

यस्तै आज सिद्धलेक गाउँपालिकाका ७९ बर्षीय पुरुषको मृत्यु भएसँगै जिल्लाको मृत्यु संख्या ५१ पुगेको छ । जिल्लामा आज २२७ स्वाब संकलन भएको छ भने ११७ एन्टिजेन परिक्षण भएको छ। हाल जिल्लाभरका ३०४ जनाको नतिजा आउन बाँकी रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्