आउँदो चुनावमा एमालेले बहुमत ल्याउछ : एमाले केन्द्रीय सदस्य लोहनी

धादिङ,१४ असोज।
नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबि गर्नुभएको छ ।

शुक्रबार नेपाल निजामती कर्मचारी संगठनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा निवर्तमान सांसद लोहनीले अहिलेको गठबन्धन संविधान र लोकतन्त्र रक्षाका लागि नभई केही लोभिपापीहरुको निहित स्वार्थ पूरा गर्न बनाएको बताउनुभयो ।

स्वार्थले गठबन्धन गरेको कुरा जनताले बुझेकाले अबको संघ र प्रदेश निर्वाचनमा एमालेले बहुमत ल्याउने बताउनुभयो । लोहनीले न्यायपाालिकाको नाममा किर्ते काईते गरेर देश निर्माण र विकासमा काम गरिरहेको एमालेलाई सत्ताबाट हटाएको आरोप लगाउनुभयो ।गठबन्धनको नाममा घेराबन्दी गरेको भएपनि एमाले नै स्थानिय निर्वाचनमा जसरी पहिलो मत ल्याउने पार्टी हुने उहाँको दावी छ ।

यस्तै एमाले धादिङका उपसचिव राधिका सापकोटाले आगामी निर्वाचन स्वच्छ बनाउन कर्मचारीले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले स्वच्छ निर्वाचनका लागि कर्मचारी र राजनितिक दल मिलेर लाग्नुपर्ने बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्