म असोज २० गते नेपाल आइपुग्छु – सन्दीप लामिछाने

काठमाडौं,१५ असोज ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने अर्को हप्ता नेपाल आईपुग्ने भएका छन्  ।

नाबालिगलाई बलात्कारको आरोप लागेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू असोज २० गते नेपाल आइपुग्ने जानकारी दिएका हुन् । बलात्कारको आरोप लागेपछि प्रहरीको खोजीमा रहेका उनी अहिले नेपाल बाहिर छन् । इन्टरपोलले उनका नाममा रेडकर्नर नोटिस जारी गरिसकेको छ ।

सन्दीपले आफुविरुद्ध झुटो आरोप लागेको बताउँदै नेपाल फर्के लगत्तै कानुनी लडाई लड्ने समेत बताएका छन् ।  १६ वर्षीया एक किशोरीले भदौ ५ गते राति आफुमाथि सन्दीपले बलात्कार गरको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । सन्दीपले काठमाडौंको एक होटलमा जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FSandeepLamichhaneOfficial%2Fposts%2Fpfbid0M2h5wfftQnYvx85gasNesXbQuNqEmV8e1ErREdgtAWFXAUmw2NkwdS2uNag5eZ2Ml&show_text=true&width=500

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्