नीलकण्ठ–१० रमाईलो डाँडामा आईचर ट्रक दुर्घटना : २ को मृत्यु,८ घाईते

धादिङ,१५ असोज ।
धादिङको नीलकण्ठ नगरपालिका–१० स्थित हनुमान डाँडामा आज दिउँसो आईचर ट्रक दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यानटारमा हुने महोत्सवको लागि कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो ।

दुर्घटना परि मृत्यु हुनेमा कपिलवस्तुका अन्दाजी ३५ बर्षिय इन्द्रजित पासी, अन्दाजी २५ बर्षिय सहदाम अन्सारी रहेको प्रहरीले जनाएको छ ।

यस्तै घाईते हुनेहरुमा ट्रकका चालक मकवानपुरका ३९ बर्षिय सुर्य बहादुर थिङ, १८ बर्षिय अनिल थिङ, भारतका २० बर्षिय मोहम्मद जुवेद, कपिलवस्तुका ५८ बर्षिय साधु धुबी, ५१ बर्षिय मंग्र पासी, २२ बर्षिय बिनोद चमार, २८ बर्षिय तुलसीराम पासी, कञ्चनपुरका २४ बर्षिय भिम बहादुर चौधरी रहेको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम वि.कले जानकारी दिनुभयो।

सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवका लागि स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टेको प्रत्यक्षदर्शी मनिष तामाङले बताउनुभयो । दुर्घटनापछि अन्य सवारी साधनमा आउनेले घाइतेलाई उद्धार गरी धादिङ अस्पताल ल्याएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्