बलात्कार आरोपमा खानीखोलाका इन्स्पेक्टर ढुंगाना पक्राउ

धादिङ,१६ असोज ।
बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरिक्षक अपूर्व ढुंगाना पक्राउ परेका छन् ।

आफ्नै अंगरक्षक (सुरक्षा गार्ड) महिला प्रहरीमाथि जबर्जस्ती करणी गरेको उजुरी परेपछि आइतबार फुलपातीको दिन विहान पक्राउ गरी छानबिनका लागि जिल्ला प्रहरी कार्यालय धादिङबेशी ल्याइएको जिप्रका धादिङका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहले बताउनुभयो ।

शनिबार विहान करिव एक वजे कार्यालय परिसरभित्रै करणी प्रयास भएको बताइएको छ । ढुंगानालाई अहिले जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ ।

ढुंगाना माथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले बताउनुभयो । उनी १० महिना अघिदेखि इलाका प्रहरी कार्यालय खानीखोलामा प्रमुखको जिम्मेवारीमा थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्