थप १४ जनामा कोभिड सङ्क्रमण, सक्रिय सङ्क्रमितको सङ्ख्या ७९८

धादिङ,१८ असोज ।
देशभर पछिल्लो २४ घण्टामा थप १४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १२७ को नमूना परीक्षण गरिएको थियो ।

४३७ ले पिसिआर र ६९० को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा ६६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८७ हजार १३ पुगेको छ।

सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ७९८ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १८ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्