दशैं बिदामा पनि निर्वाचन कार्यक्रम

 निर्वाचन आयोगले दशैं विदाका समयमा पनि निर्वाचन कार्यक्रमलाई निरन्तरता दिएको छ । निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीतर्फ यही असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम छ ।

काठमाडौं । निर्वाचन आयोगले दशैं विदाका समयमा पनि निर्वाचन कार्यक्रमलाई निरन्तरता दिएको छ । निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीतर्फ यही असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम छ ।

यस्तै असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्