विशेष सावधानी अपनाउन धादिङ प्रशासनको आग्रह

धादिङ,२० असोज ।
नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय प्रभावले देशभर वर्षा भईरहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अविरल वर्षाको कारण धादिङ जिल्ला र आसपासका क्षेत्रहरुमा ठूला–साना पहिरो लगायतका विपद्का घटनाहरु बढ्नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय धादिङले सावधानी अपनाउन आग्रह गरेको छ । बिहिबार जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले एक विज्ञप्ती जारी गर्दै वर्षाका कारण हुनसक्ने क्षतिबाट बच्न सावधानी अपनाउन आग्रह गर्नु भएको छ ।

सर्वसाधारण, यात्रु तथा मालवाहक सवारी साधनहरु आवागमनमा असहज अवस्था आउन सक्ने भन्दै सडकको अवस्था र अन्य स्थितिको आंकलन गरेर मात्र यात्रा गर्न विज्ञप्तीमा भनिएको छ । साथै जिल्लाका १३ वटै स्थानीय तह र स्थानीय स्तरका विपद् व्यवस्थापन समितिले समेत आ–आफ्नो पालिका भित्रको मौसम र सडकको अवस्थाबारे स्थानीय नागरिकलाई सचेत गराउन र सडक सफाइका लागि हेभी इक्विप्मेन्ट लगायतका सामाग्रि प्रवन्ध गर्न पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आजको वर्षाले पृथ्वी राजमार्गका जहरे, महेशदोभान तथा त्रिभुवन राजपथका खत्रीपौवा, नागढुंगा लगायतका स्थानमा पहिरो तथा लेदोले केहि समय सवारी अवरुद्ध पनि बनाएको थियो ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्