१७ वर्षमुनीको एसियन कप छनोट:आज नेपाल र भियतनाम खेल्दै

धादिङ,२१ असोज।
एएफसी १७ वर्षमुनीको एसियन कप छनोटको दोस्रो खेलमा आज नेपालले भियतनामसँग खेल्दैछ । नेपाल र आयोजक भियतनामसँगको खेल बेलुका पौने ६ बजे फु थोमा रहेको भियत त्रि मैदानमा सुरु हुनेछ ।

बुधवार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० गोलले पराजित भएको थियो । भियतनामले पहिलो खेलमा चाइनिज ताइपेलाई ४–० गोलले हराएको थियो।समूह ‘एफ’ मा रहेको नेपाल अंक विहीन छ ।

भियतनाम ३ अंक जोडेर शीर्ष र थाइल्याण्ड दोस्रो स्थानमा रहेको छ । छनोट अन्तर्गत नेपालले आइतवार चाइनिज ताइपेईसँग खेल्नेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछ । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्