यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारूसका अभियन्ता, रूस र युक्रेनका संस्थालाई

यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानवअधिकार अभियन्ता एलेस बिल्यात्स्की, रुसको मानवअधिकार संगठन ‘मेमोरियल’ र युक्रेनको मानवअधिकार संगठन ‘सिभिल लिबर्टिज’लाई संयुक्त रूपमा घोषणा गरिएको छ ।

नर्वेजियन नोबेल कमिटीले शुक्रबार सो घोषणा गरेको हो । उनीहरूले मानव अधिकारको क्षेत्रमा उल्लेखनीय योगदान गरेको नोबेल पुरस्कार कमिटीको निष्कर्ष छ ।

नोबेल शान्ति पुरस्कार २०२२ को लागि कुल ३४० व्यक्ति वा संस्थाले मनोनयन दर्ता गरेका थिए। जसमध्ये २५१ व्यक्ति र ९२ संस्था  थिए । 

गत वर्ष अर्थात् २०२१ मा ३२९ मनोनयन प्राप्त भएको थियो । यस वर्षको ३४३ को संख्या नोबेल शान्ति पुरस्कार मनोनयनको इतिहासमा दोस्रो उच्च व्यक्तित्व हो। यसअघि २०१६ मा यस विधाका लागि ३७६ मनोनयन प्राप्त भएको थियो। यी नामहरू ५० वर्षसम्म सार्वजनिक गर्न सकिँदैन।एजेन्सी 

https://platform.twitter.com/embed/Tweet.html?dnt=false&embedId=twitter-widget-0&features=eyJ0ZndfdGltZWxpbmVfbGlzdCI6eyJidWNrZXQiOlsibGlua3RyLmVlIiwidHIuZWUiLCJ0ZXJyYS5jb20uYnIiLCJ3d3cubGlua3RyLmVlIiwid3d3LnRyLmVlIiwid3d3LnRlcnJhLmNvbS5iciJdLCJ2ZXJzaW9uIjpudWxsfSwidGZ3X2hvcml6b25fdGltZWxpbmVfMTIwMzQiOnsiYnVja2V0IjoidHJlYXRtZW50IiwidmVyc2lvbiI6bnVsbH0sInRmd190d2VldF9lZGl0X2JhY2tlbmQiOnsiYnVja2V0Ijoib24iLCJ2ZXJzaW9uIjpudWxsfSwidGZ3X3JlZnNyY19zZXNzaW9uIjp7ImJ1Y2tldCI6Im9uIiwidmVyc2lvbiI6bnVsbH0sInRmd19jaGluX3BpbGxzXzE0NzQxIjp7ImJ1Y2tldCI6ImNvbG9yX2ljb25zIiwidmVyc2lvbiI6bnVsbH0sInRmd190d2VldF9yZXN1bHRfbWlncmF0aW9uXzEzOTc5Ijp7ImJ1Y2tldCI6InR3ZWV0X3Jlc3VsdCIsInZlcnNpb24iOm51bGx9LCJ0Zndfc2Vuc2l0aXZlX21lZGlhX2ludGVyc3RpdGlhbF8xMzk2MyI6eyJidWNrZXQiOiJpbnRlcnN0aXRpYWwiLCJ2ZXJzaW9uIjpudWxsfSwidGZ3X2V4cGVyaW1lbnRzX2Nvb2tpZV9leHBpcmF0aW9uIjp7ImJ1Y2tldCI6MTIwOTYwMCwidmVyc2lvbiI6bnVsbH0sInRmd19kdXBsaWNhdGVfc2NyaWJlc190b19zZXR0aW5ncyI6eyJidWNrZXQiOiJvbiIsInZlcnNpb24iOm51bGx9LCJ0ZndfdmlkZW9faGxzX2R5bmFtaWNfbWFuaWZlc3RzXzE1MDgyIjp7ImJ1Y2tldCI6InRydWVfYml0cmF0ZSIsInZlcnNpb24iOm51bGx9LCJ0ZndfdHdlZXRfZWRpdF9mcm9udGVuZCI6eyJidWNrZXQiOiJvbiIsInZlcnNpb24iOm51bGx9fQ%3D%3D&frame=false&hideCard=false&hideThread=false&id=1578309539870318603&lang=en&origin=https%3A%2F%2Fwww.janatapati.com%2Fnews-detail%2F120348&sessionId=2cf3742e92ccd04173d1395f1e6cd7414ebd1726&siteScreenName=janatapati&theme=light&widgetsVersion=1c23387b1f70c%3A1664388199485&width=550px

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्