भीम रावलले टिकट नपाएपछि क्षेत्रीय संयोजकले दिए राजीनामा 

काठमाडौँ,२२ असोज ।

नेकपा एमालेले अछाम–१ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि त्यसको विरोधमा क्षेत्रीय कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै शाहले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको बताएका छन् ।

 ‘समन्वय कमिटीको सर्वसम्मत सिफारिस भन्दा अन्य निर्णय भएकाले समन्वय कमिटीको संयोजक पदमा बसीरहन मेरो नैतिकताले नमान्ने भएकाले आजैको मितिबाट क्षेत्रीय समन्वय कमिटीको संयोजक पदबाट राजीनामा दिएको जानकारी साथ अनुरोध छ ।’ पत्रमा उल्लेख छ ।

एमालेले रावलको ठाउँमा झपट बोहरालाई टिकट दिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्