एमाले नेता बालकृष्ण ढुंगेलको निधन

काठमाडौँ,२२ असोज ।

नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । ढुंगेलको आज काठमाडौं गोठाटारस्थित आफ्नै निवासको ट्वाइलेटमा लडेर निधन भएको एमाले नेता नानीबाबु बुढाथोकीले जानकारी दिए । 

परिवारका सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । शव ट्वाइलेटमै रहेको र प्रहरी पनि बोलाइएको बुढाथोकीले बताए । ढुंगेल एमालेका पोलिटब्युरो सदस्य तथा पहिलो संविधानसभाका सदस्य हुन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्