२४ घण्टामा धादिङका ४० जनामा डेंगी संक्रमण

धादिङ,२२ असोज ।
धादिङका थप ४० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा २६ पुरुष र १४ महिला गरी २५ नयाँ बिरामी थपिएका छन् ।

योसँगै गत साउन १ गतेदेखि यता धादिङमा मात्रै डेंगी बिरामीको संख्या ९१७ पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लाका ५२५ जना पुरुष र ३८९ महिला गरी कुल ९१७ जनामा संक्रमण पुष्टि भएको छ। सबैभन्दा धेरै केश नीलकण्ठ नगरपालिकामा ५२६, गजुरीमा ८१ र त्रिपुरासुन्दरीमा ४९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

यस्तै धुनिबेशीका ३१, गल्छीका ३०, ज्वालामुखीका ३२, बेनिघाट रोराङका २०, सिद्धलेकका १९, थाक्रेका ८, नेत्रावती डवजोङका ५, रुवीभ्यालीका ७ जना र गंगाजमुनाका ३ जना र खनियाबास गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने तिन जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुलीले बताउनुभयो । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ ।फाईल तस्विर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्