प्रधानमन्त्री देउवाले दिए उजुरीको जवाफ 

काठमाडौँ,२५ असोज ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ बुझाएका छन् । फरक-फरक जन्म मिति भएको भन्दै परेकाे उजुरीमा देउवाले मंगलबार पत्नी आरजु राणा देउवामार्फत् मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जवाफ बुझाएका हुन् ।

उजुरीबारे आज साँझ ५ बजेसम्म निर्णय हुने डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । बीपी काँग्रेसका तर्फबाट डडेल्धुराको उम्मेदवार रहेका कर्ण मल्लले देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै उजुरी दिएका थिए ।

नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको पाइएको छ । मल्ल अघिल्लो पटक नेपाली काङ्ग्रेसबाट प्रदेश सभामा निर्वाचित भएका थिए । अहिले बिपी कांग्रेसबाट उनी देउवा विरुद्ध चुनावी मैदानमा छन् । मल्ल बीपी कांग्रेसका वरिष्ठ उपसभापति हुन् ।फाईल तस्विर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्