सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौँ,२६ असोज ।

साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । ११ दशमलव ५१ अंकले बढेर नेप्से सूचक १८ सय ६६ दशमलव ६७ विन्दुमा आइपुगेको छ ।

यस्तै सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४८ अंकले बढेर तीन सय ६६ दशमलव ११ विन्दुमा पुगेको छ । बुधबार नेप्से सूचक दोहोरो बढे पनि कारोबार रकम भने उत्साहजनक हुन सकेको छैन । 

मंगलबार अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थाहरूमा ब्याजदर घटाउन अध्ययन समितिलाई आग्रह गरेको थियो । त्यसैको प्रभाव बुधबारको बजारमा देखिएको हुन सक्ने कतिपयको आकलन छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्