घट्यो सुनचाँदीको मूल्य 

काठमाडौँ,२८ असोज ।

शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहिबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा १ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ। 

आज तेजाबी सुनको मूल्य ९३ हजार ६ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले घट्दै एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्