प्रहरी दिवसको अवसरमा धादिङबेशीका ५२ जनाद्धारा रक्तदान

धादिङ,२८ असोज ।
६७ औँ प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङको कार्यलय परिसरमा सम्पन्न भएको कार्यक्रममा ४ जना महिला र ४८ जना पुरुष गरी ५२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।

देशैभर भएको रगतको अभावलाई कम गर्ने उद्धेश्यले धादिङमा बिभिन्न सङ्घ संस्थाहरुले विभिन्न मेला, उत्सव, स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका छन् ।

May be an image of 5 people and people sitting
May be an image of 6 people, people sitting and text that says "सरक्षणम ६७ औ प्रहरी दिवसको अवसरमा आयोजित बृहत खुल्ला रक्तदान कार्यक्रम নिलেনा आयोज मापर कार्यालय घादिड"
May be an image of 6 people and people sitting

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्