प्याराग्लाइडिङबाट खसेर एक जना खेलाडीको मृत्यु

काठमाडौं,३० असोज ।

 नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलका क्रममा मृत्यु भएको छ ।आज बिहान पोखरामा प्याराग्लाइडिङबाट खसेर नेपाल आर्मीका २६ वर्षीय खेलाडी निसिम थापाको  मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

सारङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई मेट्रोसिटी अस्पताल पठाइएको थियो । लगत्तै डाक्टरले मृत घोषित गरे । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्