आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

काठमाडौँ,३१ असोज ।

सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य वुद्धि भएको छ । आइतबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले बढेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ। 

आज तेजाबी सुनको मूल्य ९२ हजार ८ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदी तोलामा एक हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्