बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ,०१ कात्तिक।

मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा १ सय रुपैयाँले बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ। 

आज तेजाबी सुनको मूल्य ९२ हजार ९ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्